बराबरीमा रोकियो बार्सा, जिरोना पराजित
सोमबार, २१ फागुन २०८०, ०६ : १९
काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य बनेको हो ।
जोआ क्यानसेलो बार्साका लागि गोल नजिक पुगे पनि उनले ४० यार्ड टाढाबाट गरेको प्रहार यरे अल्भारेजले गोल लाइनबाट बचाएका थिए । उता दोस्रो स्थानमा रहेको जिरोना मायोर्कासँग पराजित हुँदा बार्सालाई एक स्थानमा माथि उक्लने अवसर थियो ।
तर, बराबरीमा रोकिएपछि टोली २७ खेलबाट ५८ अङ्कसहित लिगको तेस्रो स्थानमा सीमित छ । बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अङ्कले पछि छ । दोस्रो स्थानमा रहेको जिरोनाको ५९ अङ्क छ । शीर्ष स्थानमा रहेको रियलको ६६ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण