एन्ड्रोइड फोनमा आयो नयाँ भाइरस
काठमाडौं । नेपालमा एन्ड्रोइड युजरको संख्या लगातार बढ्दै गइरहेको छ । सामसङदेखि भिभोसम्म एन्ड्रोइड अपरेटिङ सिष्टममा चल्ने फोन प्रयोगकर्ता बढेका छन् । एन्ड्रोइड फोन चलाउने युजरहरूमाथि ठूलो खतरा मडारिरहेको छ । सिक्योरिटी एक्सपर्टहरूले नयाँ खालको माल वेयरबारे चेतावनी दिइरहेका छन् । यो मालवेयर एन्ड्रोइड एक्सलोडरको नयाँ संस्करण हो ।
यसले स्मार्टफोनमा जरुरी जानकारीहरू चोरीदिन्छ । यो मालवेयरको एसएमएसमा समेत पहुँच हुने र युजरलाई पत्तै नदिइ मोबाइलमा काम गर्ने बताइएको छ । यो मालवेयर एन्ड्रोइड प्रयोगकर्ताका लागि ठूलो खतरा साबित हुन सक्ने विज्ञहरू बताउँछन् । ब्लीपिङ कम्प्युटरले म्याकएफीलाई उदृत गर्दै छापेको पछिल्लो समाचारका अनुसार एन्ड्रोइड एक्सलोडरको नयाँ संस्करणले युजरसँग अन्तरक्रिया नगरी स्वतः आफ्नो काम गर्न सक्छ ।
कसरी आक्रमण गर्छ एन्ड्रोइड एक्सलोडरले ?
यो मालवेयरले सजिलैसँग स्मार्टफोनमा आक्रमण गर्नसक्छ । यसमा एउटा एसएमएस म्यासेज इन्फेक्टेड वेबसाइट यूआरएलको साथमा आउँछ । यो म्यासेजले फोनमा मलिसियस एपका लागि बाटो खोलिदिन्छ । दिइएको लिंकमा क्लिक गरेपछि फोनमा एपीके फाइल इनस्टल हुन्छ ।
म्याकएफीका अनुसार इनस्टल पछि यो मालवेयरले स्वतः काम गर्न थाल्छ । यो क्रोम (क्रोमको आर आइटालिकमा हुन्छ) बनेर यूजरसँग एपलाई ब्याकग्राउन्डमा सधैं चल्न देउ भन्ने अुनमति माग्छ । एक्सलोडरले युजरसँग आफूलाई डिफल्ट एसएमएस एपका रुपमा राख्न अनुरोध पनि गर्छ ।
यो मालवेयरले पासवर्ड, टेक्स्ट,फोटो, सम्पर्क र आईएमईआई, सिम र डिभाइसको सिरियल नम्बर जस्ता हार्डवेयरसम्बन्धी संवेदनशील जानकारी समेत चोर्न सक्ने बताइएको छ । म्याकएफीले पहिला नै गूगललाई यो खतराबारे जानकारी दिएको थियो । लगत्तै गूगलले यो मालवेयरलाई हटाइ दिएको पनि थियो । तर प्ले स्टोर बाहिर भएका एपहरुमा गुगलको नियन्त्रण छैन । डिभाइसको सुरक्षाका लागि गूगलले प्ले प्रोटेक्टलाई इनेबल गर्न सुझाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण