बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एन्ड्रोइड फोनमा आयो नयाँ भाइरस

सोमबार, २१ फागुन २०८०, १३ : १८
सोमबार, २१ फागुन २०८०

काठमाडौं । नेपालमा एन्ड्रोइड युजरको संख्या लगातार बढ्दै गइरहेको छ । सामसङदेखि भिभोसम्म एन्ड्रोइड अपरेटिङ सिष्टममा चल्ने फोन प्रयोगकर्ता बढेका छन् । एन्ड्रोइड फोन चलाउने युजरहरूमाथि ठूलो खतरा मडारिरहेको छ । सिक्योरिटी एक्सपर्टहरूले नयाँ खालको माल वेयरबारे चेतावनी दिइरहेका छन् । यो मालवेयर एन्ड्रोइड एक्सलोडरको नयाँ संस्करण हो ।

यसले स्मार्टफोनमा जरुरी जानकारीहरू चोरीदिन्छ । यो मालवेयरको एसएमएसमा समेत पहुँच हुने र युजरलाई पत्तै नदिइ मोबाइलमा काम गर्ने बताइएको छ । यो मालवेयर एन्ड्रोइड प्रयोगकर्ताका लागि ठूलो खतरा साबित हुन सक्ने विज्ञहरू बताउँछन् । ब्लीपिङ कम्प्युटरले म्याकएफीलाई उदृत गर्दै छापेको पछिल्लो समाचारका अनुसार एन्ड्रोइड एक्सलोडरको नयाँ संस्करणले युजरसँग अन्तरक्रिया नगरी स्वतः आफ्नो काम गर्न सक्छ ।

कसरी आक्रमण गर्छ एन्ड्रोइड एक्सलोडरले ?

यो मालवेयरले सजिलैसँग स्मार्टफोनमा आक्रमण गर्नसक्छ । यसमा एउटा एसएमएस म्यासेज इन्फेक्टेड वेबसाइट यूआरएलको साथमा आउँछ । यो म्यासेजले फोनमा मलिसियस एपका लागि बाटो खोलिदिन्छ । दिइएको लिंकमा क्लिक गरेपछि फोनमा एपीके फाइल इनस्टल हुन्छ ।

म्याकएफीका अनुसार इनस्टल पछि यो मालवेयरले स्वतः काम गर्न थाल्छ । यो क्रोम (क्रोमको आर आइटालिकमा हुन्छ) बनेर यूजरसँग एपलाई ब्याकग्राउन्डमा सधैं चल्न देउ भन्ने अुनमति माग्छ । एक्सलोडरले युजरसँग आफूलाई डिफल्ट एसएमएस एपका रुपमा राख्न अनुरोध पनि गर्छ ।

यो मालवेयरले पासवर्ड, टेक्स्ट,फोटो, सम्पर्क र आईएमईआई, सिम र डिभाइसको सिरियल नम्बर जस्ता हार्डवेयरसम्बन्धी संवेदनशील जानकारी समेत चोर्न सक्ने बताइएको छ । म्याकएफीले पहिला नै गूगललाई यो खतराबारे जानकारी दिएको थियो । लगत्तै गूगलले यो मालवेयरलाई हटाइ दिएको पनि थियो । तर प्ले स्टोर बाहिर भएका एपहरुमा गुगलको नियन्त्रण छैन । डिभाइसको सुरक्षाका लागि गूगलले प्ले प्रोटेक्टलाई इनेबल गर्न सुझाव दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप