सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

सरकारमा आउन माधवलाई प्रचण्डको प्रस्ताव, छलफल गरेर निर्णय दिने माधवको जवाफ

सोमबार, २१ फागुन २०८०, २० : ०८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

‘सन्चो बिसन्चोको कुरा भयो । त्यसपछि सामान्य राजनीतिक कुराकानी पनि भए । प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै जाऊ भनेर भन्नुभयो । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । 

रुघाखोकीबाट सामान्य अस्वस्थ भएका नेता नेपाल केही दिनदेखि घरमै आराम गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप