सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा जन्माउन आफ्नै श्रीमानसँग करोडौं माग्ने यी महिला

मङ्गलबार, २२ फागुन २०८०, ०७ : ४२
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । कहिले कति बेला परिवारलाई बढाउने भन्ने उनीहरूको निजी फैसला हो । कहिलेकाहीँ परिवार वा समाजको दबाब पनि हुन्छ ।

पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा असुल्ने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।

सौदी आफ्नो श्रीमानसँग दुबईमा बस्छिन् । यी महिलाको पति करोडपति हुन् । बच्चा जन्माउने जस्तो दुःखको काम यिनी पैसा वा गिफ्ट बिना गर्दिनन् । बच्चा जन्माउनु अघि नै आफूलाई के के कहिले कहिले चाहिएको हो भनेर श्रीमानलाई लिष्ट नै बुझाउँछिन् । टिकटकमा आफ्ना फलोअरहरूलाई गर्भधारण अघि आफ्ना सारा माग पतिसमक्ष राख्ने गरेको महिलाले भनेकी थिइन् । बच्चा जन्माइदिएबापत हरेक पटक आफूले नयाँ कार अनि कारसँग म्याचिङ हर्मीज बर्किनको ब्याग लिने गरेको उनको भनाई छ । यो ब्यागको मूल्य ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पर्दछ । यसबाहेक हरेक बच्चा जन्माउन नगद २ लाख पाउन्ड पनि लिने गरेकी छिन् ।

सौदीको पहिलो माग हिराको ठुलो औँठी हुने गरेको छ । दोस्रो महँगो उपहारमा बच्चा जन्माउने बेलामा लिने गरेकी छिन् । यो गिफ्ट चाँहि लाखौं रुपैयाँ पर्ने लक्जरी ब्याग हुन्छ । जन्मने बच्चा छोरा वा छोरी के हो सोको आधारमा ब्याग पनि निलो वा गुलाबी हुन्छ । हरेक पटक सन्तान जन्माउँदा उनलाई लक्जरी कार पनि चाहिन्छ । यसबाहेक सौदीको सारा थेरापी र ब्यूटि ट्रिटमेन्टको खर्च पनि श्रीमानले नै उठाउनु पर्ने सर्त उनले राखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप