आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कीर्तिपुरमा क्रिकेट क्रेज, तस्बिरहरू हेर्नुहोस्
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

कीर्तिपुरमा क्रिकेट क्रेज, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ ।

cricket fans (2)

फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

cricket fans (3)

आजको खेल हेर्नका लागि कीर्तिपुरमा नेपाली क्रिकेट समर्थकहरू ठुलो सङ्ख्यामा उपस्थित भएका छन् । उनीहरू मैदानमा पुगेर खेलाडीहरूको हौसला बढाइरहेका छन् । केही भनेर मैदानबाहिर रहेका रुखमा चढेर क्रिकेटको मज्जा लिइरहेका छन् ।

cricket fans (1)

लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अङ्कसहित पहिलो, नेपाल चार अङ्कसहित दोस्रो र नामिबिया तीन अङ्कसहित तेस्रो भएका थिए ।

cricket fans (4)

लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

cricket fans (5)

अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

cricket fans (6)cricket fans (7)cricket fans (8)cricket fans (9)cricket fans (10)cricket fans (11)cricket fans (12)cricket fans (13)cricket fans (14)cricket fans (15)cricket fans (16)cricket fans (17)cricket fans (18)cricket fans (19)cricket fans (20)cricket fans (21)cricket fans (22)cricket fans (23)cricket fans (24)cricket fans (25)cricket fans (26)cricket fans (27)cricket fans (28)cricket fans (29)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया