सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छोराको बिहे भाँड्न आमाले बेहुलीको ड्रेस बिगार्ने षडयन्त्र गरेपछि...

मङ्गलबार, २२ फागुन २०८०, १४ : ३१
मङ्गलबार, २२ फागुन २०८०

मेक्सिको सिटी । सासू र बुहारीबिच झगडा नहुने, मनमुटाब नभएका घटना कमै होलान् । चाहे नेपालमा होस् या विदेश सासू र बुहारी मिलेको हत्तपत्त देख्न पाइँदैन । 

कतिपय सम्बन्ध त यस्ता पनि हुन्छन् जसमा बुहारी बन्नुअघि नै आमालाई छोराले बिहेका लागि रोजेको केटी मन पर्दैन । सासू र बुहारीबिचको झगडा टेलिफिल्मको कथामा मात्रै देख्न पाइन्न, दैनिक जीवनमा पनि हामीले भोगेको देखेका हुन्छौँ ।

मेक्सिकोमा सासू र बुहारीको अनौठो खालको झगडा सार्वजनिक भएको छ । समाचारहरूका अनुसार छोराले बिहे गर्न रोजेको केटीसँग मेक्सिकोमा एक महिलालाई यति धेरै समस्या थियो कि उनले आफ्नो जीवनको ध्येय नै छोराको बिहे जुनसुकै हालतमा भाँड्नु बनाइन् । यसका लागि उनले तपाईँ हामीमध्ये कतिपयले सोच्नै नसक्ने काम गरिन् ।

छोराको बिहे रोक्न आमाको सनक

मेक्सिकोका एक व्यापारीका छोरा अलेक्जान्ड्रिया नाम गरेकी मध्यम वर्गीय युवतिको प्रेममा थिए । उनी आफ्नो प्रेमिकासँग बिहे गर्न चाहन्थे तर छोराले साधारण केटीसँग बिहे गरेको परिवार हेर्न चाहदैन थियो । केटी छोराको पैसाको पछाडि छे भन्ने उनीहरूको सोचाई थियो । यस्तो बिहे भाँड्न पूरै परिवार नै केटीको पछि लाग्यो । सुरुमा बेहुलाका दाजुभाइले नक्कली एकाउन्टबाट हुने वाला भाउजूलाई धम्की दिन थाले । सम्बन्ध तोड्न उनलाई ब्ल्याङ्क चेकको लोभ पनि देखाइयो । केटालाई पारिवारिक व्यवसायबाट बेदख्खल पनि गरियो ।

यति मात्रै कहाँ हो ? बेहुलाकी आमाले छोराको कारण आफूलाई हृदयघात भएको नाटक पनि गरिन् । यति धेरै प्रयासले पनि केटा र केटी बिहेबाट पछाडि हटेनन् । त्यसपछि बेहुलाको आमाले केही गुण्डाहरू हायर गरिन् । बिहेअघि दुलहीको गाडी रोकेर उनको सेतो डे«ेसमा रातो रंग खन्याएर लुगा बिगार्न लगाइन् । तर, बेहुली लुगा फेरेर आइन् । परिवारले अथक प्रयास गरेर पनि बिहे भाँड्न सकेन । अहिले यी दुवैको बिहे भइसकेको छ । तर सामाजिक सञ्जालमा बिहे भाँड्न गरिएको प्रपञ्च भाइरल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप