सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पशुपतिमा गरियो शालिनको अन्त्येष्टि
अन्तिम बिदाइ

पशुपतिमा गरियो शालिनको अन्त्येष्टि

मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो ।

salin pokharel (1)

मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।

salin pokharel (2)

यता पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

salin pokharel (3)

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

१४ वर्षीया शालिन ८ कक्षामा पढ्थिन् । घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

 

salin pokharel (4)salin pokharel (5)salin pokharel (6)salin pokharel (7)salin pokharel (8)salin pokharel (9)salin pokharel (10)salin pokharel (11)salin pokharel (12)salin pokharel (13)salin pokharel (14)salin pokharel (15)salin pokharel (16)salin pokharel (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया