शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्टफोन भिभो भी३० : मूल्य ६० हजार ९९९ रुपैयाँ

बुधबार, २३ फागुन २०८०, ११ : २०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक गरिएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी३० को बजार मूल्य ६० हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीको भनाइ छ । 
भी३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ, जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्ने कम्पनीको भनाइ छ ।  यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैन । 

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको रहेको कम्पनीको भनाइ छ । 

भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ्ग खुला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले रु ३००० मा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप