‘रङ्गेली’ मा प्रहरी अफिसर प्रवीण
काठमाडौँ । ‘चौथो काल, मानबहादुर ढकाल’ फिल्म ‘रङ्गेली’ मा अभिनेता प्रवीण खतिवडाले बोलेको संवाद हो यो । आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म खतिवडा प्रहरी अफिसरको भूमिकामा छन् । फिल्ममा आफूले अनुशासनहीन ‘प्रहरी अफिसर’को चरित्र निर्वाह गरेको उनले बताए ।
‘घुस खानेदेखि लिएर सबै गर्ने प्रहरी अफिसरको भूमिकामा मेरो फिल्ममा छु’, उनले भने ‘रङ्गेलीमा तडक भडक भइरहेको बेलामा त्यो तडक भडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा फिल्ममा देखिन्छु ।’ ‘मैले त्यो माहौललाई आफ्नो हातमा लिनलाई अथवा त्यो माहौल सुल्झाउनलाई मैले गर्ने चलखेल पनि फिल्ममा छ । कसलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र छ’, प्रवीणले थपे ।
प्रवीणले सञ्चारमाध्यममा बेला बेलामा आर्थिक क्रियाकलापमा मुछिएका प्रहरीका समाचार पढेका थिए । ती समाचारले आफूलाई त्यस्तो प्रहरी भूमिका निर्वाह गर्न सजिलो भएको बताउँछन् । ‘कानुनको रक्षा त्यसरी नै गरिनुपर्छ, इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ भन्ने वकालत नै गर्छु’, उनी थप्छन् ।
उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् । यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्ने उनको बुझाई छ ।
‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका फिल्ममा छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण