सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिनामा १३ लाख रुपैयाँ कमाउँछन् यी भिखारी

बुधबार, २३ फागुन २०८०, १४ : १९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । मान्छेहरू पैसा कमाउन अनेक हर्कत अपनाउँछन् । कसै कसैले त यस्तो अजिब काम गर्छन् कि पत्याउनै मुस्किल हुन्छ । हालैका दिनमा चीनमा एक जना भिखारीको निकै चर्चा भइरहेको छ । यी व्यक्तिले मागेर महिनाको ७० हजार युआन अर्थात् करिब १३ लाख नेपाली रुपैयाँ कमाउँछन् । उनको काम भनेको भिख माग्ने मात्रै हो । रमाइलो कुरा चाहिँ के छ भने यिनी भिखारी मात्रै होइनन् । यिनी पेशेवर कलाकार पनि हुन् ।

गएको १२ वर्ष यता लू जिङगाङ चीनको एउटा लोकप्रिय पर्यटकीय गन्तव्य स्थलमा भिखारी बनेर बसिरहेका छन् । उनको हुलिया देखेर जोकोहीको मनमा दया पलाउँछ । यसैगरी उनले पैसा कमाइरहेका छन् । अनुहारभरि फोहोर निराश आँखा अनि सामान्य कपडा – उनलाई देख्दा हर कोहीको मनमा दया पलाउँछ । यसैगरी उनले मासिक रूपमा ७० हजार युआन कमाइरहेका छन् । उनको यो कमाई चीनको औसत मासिक तलब भन्दा निकै धेरै हो । चीनको औसत मासिक तलब २९ हजार युआन छ । केहीले उनलाई चीनको सबैभन्दा धनी भिखारी पनि भनिरहेका छन् ।

उनी पेशेवर कलाकार हुन् । आफ्नो फाइदाका लागि उनी भिखारी बन्छन् । आफूलाई अभिनय गर्न निकै मन पर्ने भएकोले भिखारी बनेको लूको भनाई छ । यो कामका लागि उनले कतै कुनै अडिसन दिनु पनि पर्दैन । शुरुमा लूको परिवारले उनको यो निर्णयमा सर्पोट गरेको थिएन । तर उनको कमाई देखेपछि परिवारले पनि उनलाई सपोर्ट गर्न थाल्यो । उनी भिखारीको भूमिकामा यति अभ्यस्त भएका छन् कि इन्टरनेटमा उनी सेलिब्रेटी नै भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप