महिनामा १३ लाख रुपैयाँ कमाउँछन् यी भिखारी
काठमाडौँ । मान्छेहरू पैसा कमाउन अनेक हर्कत अपनाउँछन् । कसै कसैले त यस्तो अजिब काम गर्छन् कि पत्याउनै मुस्किल हुन्छ । हालैका दिनमा चीनमा एक जना भिखारीको निकै चर्चा भइरहेको छ । यी व्यक्तिले मागेर महिनाको ७० हजार युआन अर्थात् करिब १३ लाख नेपाली रुपैयाँ कमाउँछन् । उनको काम भनेको भिख माग्ने मात्रै हो । रमाइलो कुरा चाहिँ के छ भने यिनी भिखारी मात्रै होइनन् । यिनी पेशेवर कलाकार पनि हुन् ।
गएको १२ वर्ष यता लू जिङगाङ चीनको एउटा लोकप्रिय पर्यटकीय गन्तव्य स्थलमा भिखारी बनेर बसिरहेका छन् । उनको हुलिया देखेर जोकोहीको मनमा दया पलाउँछ । यसैगरी उनले पैसा कमाइरहेका छन् । अनुहारभरि फोहोर निराश आँखा अनि सामान्य कपडा – उनलाई देख्दा हर कोहीको मनमा दया पलाउँछ । यसैगरी उनले मासिक रूपमा ७० हजार युआन कमाइरहेका छन् । उनको यो कमाई चीनको औसत मासिक तलब भन्दा निकै धेरै हो । चीनको औसत मासिक तलब २९ हजार युआन छ । केहीले उनलाई चीनको सबैभन्दा धनी भिखारी पनि भनिरहेका छन् ।
उनी पेशेवर कलाकार हुन् । आफ्नो फाइदाका लागि उनी भिखारी बन्छन् । आफूलाई अभिनय गर्न निकै मन पर्ने भएकोले भिखारी बनेको लूको भनाई छ । यो कामका लागि उनले कतै कुनै अडिसन दिनु पनि पर्दैन । शुरुमा लूको परिवारले उनको यो निर्णयमा सर्पोट गरेको थिएन । तर उनको कमाई देखेपछि परिवारले पनि उनलाई सपोर्ट गर्न थाल्यो । उनी भिखारीको भूमिकामा यति अभ्यस्त भएका छन् कि इन्टरनेटमा उनी सेलिब्रेटी नै भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण