माओवादीसँगको सम्बन्धको मुद्दामा पूर्वप्राध्यापक जीएन साईबाबालाई सफाइ
मुम्बई । मुम्बई उच्च अदालतको नागपुर बेञ्चले दिल्ली विश्वविद्यालयका ५४ वर्षीय पूर्वप्राध्यापक जीएन साईबाबालाई माओवादीसँगको कथित सम्बन्धको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश विनय जोशी र न्यायाधीश एसए मेनेजिसको इजलासले सेसन कोर्टको २०१७ को निर्णयलाई खारेज गरेको छ, जसमा साईबाबा र अन्यलाई दोषी ठहर गरिएको थियो।
सर्वोच्च अदालतले राज्यको पुनरावेदनमा फैसला नगरेसम्म अभियुक्तलाई ५० हजार धरौटीमा रिहा गर्न सकिने समेत अदालतले जनाएको छ । महाराष्ट्रले अहिलेसम्म निर्णयमा रोक लगाउन माग गरेको छैन।
अक्टोबर २०२२ मा सर्वोच्च अदालतले बम्बे उच्च न्यायालयको निर्णयलाई रोक्न अस्वीकार गर्दै उच्च अदालतले यस विषयमा फेरि सुनुवाइ गर्नुपर्छ भनेको थियो।पुनः सुनुवाइपछि अब उच्च अदालतको नागपुर इजलासले जीएन साईबाबालाई सफाइ दिने निर्णय गरेको छ ।
५४ वर्षीय साईबाबा ह्वीलचेयरमा हिँड्छन् भने ९९ प्रतिशत अपाङ्गता भएका व्यक्ति हुन् । उनी विगत ११ वर्षदेखि नागपुर केन्द्रीय जेलमा थिए ।
साईबाबाकी श्रीमती वसन्त कुमारीले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘हामीलाई मिडियाबाट मात्रै थाहा भयो । मेरी छोरी मन्जिरा र म यो खबर सुनेर धेरै खुसी भएका छौँ। आशा छ कि उनी कुनै अवरोध बिना रिहा हुनेछन्। साईबाबा र हामीले यी वर्षहरूमा धेरै दुःख भोगेका छौँ। यस घटनाका बाँकी अभियुक्तहरूले पनि छिट्टै न्याय पाउने आशा छ ।’
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण