सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘श्रमाधान’ सेवा पुनः सुचारु गर्दै श्रममन्त्री अर्याल

बिहीबार, २४ फागुन २०८०, ११ : ११
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यसअघि पहिलोपटक श्रम मन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए । मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलो पटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम समेत रोकिएको थियो ।

दोस्रो पटक मन्त्री बनेपछि पदबहाली गर्दै पहिलो निर्णय नै उक्त श्रमाधान कार्यक्रमलाई ब्युँताउने भएका हुन् । जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अभियानमा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।

श्रमाधानमा रहेका कर्मचारीहरूले २४ घण्टा नै मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासा सुन्ने गरी श्रमाधान कार्यक्रम ल्याएका थिए । मन्त्रालयको एकद्वार नीति अनुसार समस्याको समाधान, कारबाही तथा आवश्यक निर्देशन समेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप