‘श्रमाधान’ सेवा पुनः सुचारु गर्दै श्रममन्त्री अर्याल
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यसअघि पहिलोपटक श्रम मन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए । मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलो पटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम समेत रोकिएको थियो ।
दोस्रो पटक मन्त्री बनेपछि पदबहाली गर्दै पहिलो निर्णय नै उक्त श्रमाधान कार्यक्रमलाई ब्युँताउने भएका हुन् । जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अभियानमा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।
श्रमाधानमा रहेका कर्मचारीहरूले २४ घण्टा नै मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासा सुन्ने गरी श्रमाधान कार्यक्रम ल्याएका थिए । मन्त्रालयको एकद्वार नीति अनुसार समस्याको समाधान, कारबाही तथा आवश्यक निर्देशन समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण