शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कबड्डी सुपर लिग : फाइनलमा आर्मी र एपीएफ भिड्ने

बिहीबार, २४ फागुन २०८०, १९ : ५९
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले ४ तथा एपीएफले २ अङ्क जोडे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अङ्कसाथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्‍यो । फाइनलमा प्रहरीको भेट एपीएफसँग हुनेछ । २ अङ्क जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप