कबड्डी सुपर लिग : फाइनलमा आर्मी र एपीएफ भिड्ने
बिहीबार, २४ फागुन २०८०, १९ : ५९
काठमाडौँ । नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले ४ तथा एपीएफले २ अङ्क जोडे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अङ्कसाथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्यो । फाइनलमा प्रहरीको भेट एपीएफसँग हुनेछ । २ अङ्क जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण