हाम्रा माग सम्बोधन गर्न कांग्रेस तयार छ : रेशमलाल चौधरी
शुक्रबार, २५ फागुन २०८०, ०९ : १५
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन् ।
बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका हुन् ।
आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। रातोपाटीसँग नाउपा संरक्षक चौधरीले भने, ‘यता (सुदूरपश्चिम) र उता (केन्द्र)मा पनि म त कांग्रेस बलियो देख्छु । आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ । हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ । हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ । उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ ।’
नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण