शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रा माग सम्बोधन गर्न कांग्रेस तयार छ : रेशमलाल चौधरी

शुक्रबार, २५ फागुन २०८०, ०९ : १५
शुक्रबार, २५ फागुन २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन् ।

बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका हुन् ।

आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। रातोपाटीसँग नाउपा संरक्षक चौधरीले भने, ‘यता (सुदूरपश्चिम) र उता (केन्द्र)मा पनि म त कांग्रेस बलियो देख्छु । आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ । हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ । हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ । उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ ।’ 

नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप