सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विना विभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि नाउपाबाटै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइएको छ । स्वतन्त्र सांसद जोशी र राप्रपाकी खेमा विष्ट सरकारमा नजाने भएका छन् ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भटट्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारीमा छन् ।
बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन् । मुख्यमन्त्री शाहले मन्त्री मण्डल विस्तार गरेको यो चौथो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु