होन्डुरसका पूर्व राष्ट्रपति अमेरिकामा लागु औषध मुद्दामा दोषी ठहर
न्युयोर्क । होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई संघीय अमेरिकी अदालतमा लागु औषध तस्करीको आरोपमा दोषी ठहर गरिएको छ । हर्नान्डेजलाई शुक्रबार अमेरिकामा कोकिन आयात गर्ने षड्यन्त्र र मेसिन गनलगायत ‘विनाशकारी उपकरणहरू’ राखेको अभियोगमा दोषी ठहर गरिएको हो। अभियोजनकर्ताहरूले पूर्व राष्ट्रपतिले होन्डुरसलाई ‘नार्को- स्टेट’ जस्तै चलाएको र लागूपदार्थ तस्करहरूबाट घूस लिने र बचाउने गरेको आरोप लगाएका थिए ।
हर्नान्डेजले अब जेलमा जीवन बिताउनुपर्ने भएको छ । ५५ वर्षीय पूर्व राष्ट्रपतिले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै र मुद्दामा दोषी नभएको दाबी गरे। करिब दुई दिनको बहसपछि म्यानहट्टनको संघीय अदालतमा निर्णायक मण्डलले उनलाई दोषी ठहर गरेको हो । हर्नान्डेज लगातार दुई कार्यकालका लागि गर्दै २०१४ देखि २०२२ सम्म होन्डुरसका राष्ट्रपति थिए ।
कार्यालय छोडेको तीन महिना पछि उनलाई न्यूयोर्क सुपुर्दगी गरियो र अप्रिल २०२२ मा अमेरिकामा आरोपहरूको सामना गर्न पक्राउ गरियो। हर्नान्डेजलाई कुनै समय अमेरिकाको बलियो सहयोगीको रूपमा हेरिन्थ्यो। होन्डुरसको उनको नेतृत्वमा देशले अमेरिकाबाट लागु औषध विरोधी सहायतामा ५ करोड अमेरिकी डलरभन्दा बढी प्राप्त गरेका थिए । साथै सुरक्षा र सैन्य सहायतामा थप रकम पाएका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण