उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक सोमबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको छ ।
सत्ता समीकरण फेरबदलपछि रास्वपा सरकारमा सहभागी छ । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गरेर सरकारमा गएपछि एक्लाएक्लै उम्मेदवारी दिएर पार्टी निर्वाचनमा सहभागी हुने नहुने भन्नेमा अन्योल छ । उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि रास्वपा, जसपा र एकीकृत समाजवादी पनि त्यसमा छन् । सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी रास्वपाको भागमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय भागमा परेका छन् । जसअनुसार लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण