शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बद्री पंगेनीको प्रश्न : के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन् ?

आइतबार, २७ फागुन २०८०, ११ : ४२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । केही दिन अगाडि गायिका एलिना चौहान र साउन्ड सिस्टम कर्मचारीबिच भएको विवादको विषयले यतिबेला संगीतिक क्षेत्र तातेको छ । माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना समेत गरिसकेकी छन् ।

तर यस विषयमा लोकगायक बद्री पंगेनीले घटनाको कारण गायिका एलिना मात्र नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सबैलाई सबै चाहिने भन्दै व्यवसायमा निषेधको संस्कृति गलत हुने धारणा राखेका छन् ।

‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन् ? हो भने साउन्ड सिस्टम व्यवसायी साथीहरूले प्रस्ट पारिदिनुपर्‍यो उहाँले ठुलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्‍यो । सम्बन्धित निकायसँग छलफल गर्नुपर्‍यो’, उनले अगाडि लेखेका छन्, ‘होइन भने तपाईंहरुको सामूहिक धारणा आइरहँदा गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहाइदिनु भएको हो ? कि प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन ? गहन रूपमा सोचौँ न साथीहरू आखिर सबैलाई सबै चाहिन्छ ।’

कुनै पनि घटनाको कारक दुवै पक्ष हुने बताएका पंगेनीले साउन्ड सिस्टम र कलाकार एक अर्काको परिपूरक भएको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप