बद्री पंगेनीको प्रश्न : के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन् ?
काठमाडौँ । केही दिन अगाडि गायिका एलिना चौहान र साउन्ड सिस्टम कर्मचारीबिच भएको विवादको विषयले यतिबेला संगीतिक क्षेत्र तातेको छ । माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना समेत गरिसकेकी छन् ।
तर यस विषयमा लोकगायक बद्री पंगेनीले घटनाको कारण गायिका एलिना मात्र नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सबैलाई सबै चाहिने भन्दै व्यवसायमा निषेधको संस्कृति गलत हुने धारणा राखेका छन् ।
‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन् ? हो भने साउन्ड सिस्टम व्यवसायी साथीहरूले प्रस्ट पारिदिनुपर्यो उहाँले ठुलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्यो । सम्बन्धित निकायसँग छलफल गर्नुपर्यो’, उनले अगाडि लेखेका छन्, ‘होइन भने तपाईंहरुको सामूहिक धारणा आइरहँदा गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहाइदिनु भएको हो ? कि प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन ? गहन रूपमा सोचौँ न साथीहरू आखिर सबैलाई सबै चाहिन्छ ।’
कुनै पनि घटनाको कारक दुवै पक्ष हुने बताएका पंगेनीले साउन्ड सिस्टम र कलाकार एक अर्काको परिपूरक भएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण