मधेशका मुख्यमन्त्रीलाई चाहिएन कोर टीम
वीरगन्ज । सरकार सञ्चालनका लागि विज्ञ सल्लाहकारहरूको राय महत्त्वपूर्ण हुन्छ । बलियो टीमको सहयोगबाट अगाडि बढ्ने नेतृत्व सफल पनि हुन्छ । तर, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विज्ञ टोली बनाएका छैनन् ।
यादव नेतृत्वको प्रदेश सरकारले एक वर्ष बिताए पनि कामकाजका हिसाबले लोकप्रियता हासिल गर्न सकेको छैन । यादवसँग विज्ञ सम्मिलित ‘कोर टीम’ नभएकाले विकास र योजनामा नयाँपन देखिएको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्रीको कोर टीममा ५ जना छन् । सचिवालयको प्रमुखका रुपमा प्रेस सल्लाहकार सीताराम अग्रहरी, स्वकीय सचिव राजकिशोर महतो, प्रेस संयोजक अतिश मिश्रा र प्रमुख स्वकीय सचिव चन्देश्वर महतो छन् भने नीति आयोगका उपाध्यक्ष नथु प्रसाद चौधरी मुख्यमन्त्रीको कोर टीममा पर्छन् ।
कसले के गर्छन् ?
प्रमुख स्वकीय सचिव महतोका अनुसार, मुख्यमन्त्री यादवको कोर टीममा रहेका व्यक्तिहरूको जिम्मेवारी छुट्टाछुट्टै छ । सचिवालयको प्रमुख प्रेस सल्लाहकार अग्रहरीले मिडिया व्यवस्थापन गर्नुको साथै प्रदेशभित्र के कस्ता गुनासा आइरहेका छन् त्यो जानकारीसहित आफ्नो राय दिने गरेका छन् ।
प्रमुख स्वकीय सचिव महतोले विभिन्न बैठकको समय सम्झाउने, भीआइपीसँग भेटघाट गराउनेसहितका जिम्मेवारी निर्वाह गर्छन् ।सरकारविरुद्धका आवाजबारे पनि जानकारी गराउँछन् ।
स्वकीय सचिव महतोले मुख्यमन्त्रीको निर्वाचन क्षेत्र एवं जिल्लाबाट आउने व्यक्तिसँग भेटघाट गराउनुको साथै कार्यकर्ताको कामबारे अवगत गराउँछन् ।
प्रेस संयोजक मिश्राले मुख्यमन्त्रीको मिडिया व्यवस्थापन गर्छन् ।
मुख्यमन्त्री यादवले महत्त्वपूर्ण सहयोग चाहिँ नीति आयोगका उपाध्यक्ष चौधरीसँग लिन्छन् । मन्त्रालय सञ्चालन, प्रदेशको गतिविधि, विकास निर्माणको सवालमा उनैसँग विमर्श गर्छन ।
महतोका अनुसार, मुख्यमन्त्रीसँग हरेक क्षेत्रका विज्ञ,परामर्शदाता, रिसर्च टीम अथवा अरू कुनै खाले विशेष टीम छैन ।
किन कोर टीम छैन ?
कोर टीम बिना चलिरहेका मुख्यमन्त्री यादवले रातोपाटीसँग भने– सबै क्षेत्रमा विशेषज्ञ राख्दा खर्च बढ्छ । सरकारलाई अनावश्यक भार नथप्नकोर टीम नबनाएको हुँ ।’
मन्त्री तथा अन्य उपलब्ध जानकार सहकर्मीहरूसँग छलफल गर्ने गरेको यादव बताउँछन् ।
‘सबै मन्त्रीहरुसँग छलफल गरेर नै काम गर्छु । महान्यायाधिवक्ता र नीति आयोगका उपाध्यक्षसँग पनि सुझाव लिन्छु । तसर्थ खास टीमको जरुरी देखिनँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण