धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ: पूर्व राष्ट्रपति यादव
आइतबार, २७ फागुन २०८०, १२ : २०
काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले धार्मिक कार्यक्रमहरूमा समेत राजनीति गर्नेहरूलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए । उनले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न तत्पर रहेको बताइन् । उनले मधेसलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक साबित हुनसक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण