राष्ट्रियसभाको रेकर्डबाट हटाइयो ‘स्यालको छाला ओडेको ब्वाँसो...कम्युनिस्टका नाम बोकेका मानिस’ शब्द
आइतबार, २७ फागुन २०८०, १३ : ३७
काठमाडौँ । राष्ट्रियसभाको बैठकबाट सभाका सदस्य भुवनबहादुर सुनारले बोलेका शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबार बसेको सभाको बैठकमा अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कम्युनिस्टलाई कटाक्ष गरिएको भनाई अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन् ।
राष्ट्रियसभाको गत फागुन १८ गतेको बैठकमा सभाका सदस्य सुनारले राष्ट्रियसभा दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओडेको ब्वाँसो भन्ने कि के भन्ने कम्युनिस्टका नाम बोकेका मानिसहरूको चरित्र उदाङ्गो भयो’ भन्ने वाक्यांश प्रति उदयबहादुर बोहराले नियमापत्ति गरेका थिए ।
सो वाक्यांश राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को खण्ड (घ) १ बमोजिम असान्दर्भिक देखिएकोले सभाको अभिलेखबाट हटाउन निर्देशन अर्यालले निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण