बाटोको ढलानमा अनियमितता, अख्तियारले चलायो १० जनाविरुद्ध मुद्दा
काठमाडौँ । बाटोको ढलानमा ४ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीस्थित सम्सी गाउँपालिकाका तत्कालीन वडाध्यक्ष शेख फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन वडाध्यक्ष फारुक, वडा सदस्य वेचन पण्डित इसराफिल, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारी, बाटो ढलान अनुगमन समितिका श्याम किशोर मण्डल, ओम कुमार महतो, पुन राय, विपिन विहारी यदुवीर, उपभोक्ता समितिका अध्यक्ष शेख सराहत, सचिव नाजना खातुन र कोषाध्यक्ष शेख समिउल्लाह र तत्कालीन वडाध्यक्षकी श्रीमती सदरुन निसाको मिलेमतोमा स्थायी इन्जिनियरबाट कामकाज नगराई करारको इन्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराई चार लाख तीन हजार पाँच सय ८१ रुपैयाँ ३७ पैसा अनियमितता गरेको आरोप छ ।
कार्य सम्पन्न प्रतिवेदनमा स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिए पनि तोकिएभन्दा बढी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ । उनीहरूले वास्तविक कामभन्दा बढी परिमाणको काम भएको भनी गलत अनुगमन प्रतिवेदन दिएर उपभोक्ता समितिलाई भुक्तानी दिएको पाइएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन माग दाबी लिइएको छ । प्रतिवादीमध्ये वडाध्यक्ष फारुकको मृत्यु भइसकेको छ।
आयोगले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम फौजदारी कसुरमा कैदको सजाय मागदावी लिनुपर्ने अवस्था नरहेता पनि मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२), सोही संहिताको दफा १५८ को उपदफा (२), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ क. र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मृत्यु भएको प्रतिवादीको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजि विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले प्रतिवादी शेष फारुकको श्रीमती सदरुन निसा समेतबाट भराउने मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण