उपाधितर्फ लम्किँदै रियल
मड्रिड । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको उपाधितर्फ एक कदम अघि बढेको छ । आइतबार भएको खेलमा ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न सफल भएको हो ।
रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियललाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले पूर्णरुपमा नियन्त्रण बनाए पनि थप गोल गर्न सकेन।
दोस्रो हाफमा भने रियल केही फितलो देखिएको थियो । तर, विपक्षी टोलीले यसको फाइदा उठाउन सकेन । उता रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसरबाट चुकेका थिए ।
अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो ।
रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले गोल गर्दै टोलीलाई सहज जित दिलाए । रियलका लागि उनको पहिलो गोल थियो ।
२८ खेलबाट रियलको ६९ अङ्क रहेको छ । ६२ अङ्कसहित जिरोना दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण