उपाधितर्फ लम्किँदै रियल

मड्रिड । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको उपाधितर्फ एक कदम अघि बढेको छ । आइतबार भएको खेलमा ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न सफल भएको हो ।
रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियललाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले पूर्णरुपमा नियन्त्रण बनाए पनि थप गोल गर्न सकेन।
दोस्रो हाफमा भने रियल केही फितलो देखिएको थियो । तर, विपक्षी टोलीले यसको फाइदा उठाउन सकेन । उता रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसरबाट चुकेका थिए ।
अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो ।
रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले गोल गर्दै टोलीलाई सहज जित दिलाए । रियलका लागि उनको पहिलो गोल थियो ।
२८ खेलबाट रियलको ६९ अङ्क रहेको छ । ६२ अङ्कसहित जिरोना दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च