विद्यार्थीका लागि योग शिविर सञ्चालन
बनेपा । आदर्श विद्या मन्दिर स्कुल बनेपाले स्वस्थ जीवनशैली जिउन सीप सिकाइका लागि कक्षा १० देखि १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तीन दिने योग शिविरको सुरुवात गरेको छ । ‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखि फागुन ३० गतेसम्म एवीएम फुटसलमा सञ्चालन गरिनेछ ।
पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योगगुरु ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जिउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए । हरेक वर्ष विद्यालयमा गरिँदै आएको योग शिविरले विद्यार्थीलाई रचनात्मक बन्नका लागि उत्प्रेरित गरेको उनको भनाई थियो ।

काठमाडौँ विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालयको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवनशैली जिउने सिप सिकाइका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाइ–११ अन्तर्गत रहेर विद्यार्थीहरूले अनिवार्य रूपमा सिक्नुपर्ने प्रयोगात्मक योग ध्यान र स्वस्थ जीवनशैली सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको हो ।
योग अभ्यासलाई विद्यार्थी शिक्षकको आन्तरिक मूल्याङ्कनको विषय बनाउनुका साथै छिमेकी विद्यालयहरूलाई पनि आमन्त्रण गरिएको छ । आदर्श विद्या मन्दिरले सामाजिक अध्ययन विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण