चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला
काठमाडौँ। आगामी चैत १ गतेदेखि पुष्प मेला हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्पो हुने भएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ हुने सो मेला ४ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा पुष्प मेला हुने जनाइएको छ । मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ ।
सो फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६०, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनीका लागि एउटा स्टल रहनेछ । त्यस्तै एउटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने एसोसिएसनका उपाध्यक्ष तथा मेलाका संयोजक सिताराम पन्तले जानकारी दिए ।
फ्लोरा एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण