आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हरेक बिहान जिरा पानी पिउनुका फाइदा

सोमबार, २८ फागुन २०८०, १५ : ३३
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । बिहान उठ्ने बित्तिकै हामी पानी पिउँछौँ । स्वास्थ्य लाभका लागि कोही सादा पानी पिउँछन् त कोही फलफूल वा तरकारीको जुस पिउँछन् । कोही कोही औषधीय गुणले भरिएका दाना भिजाइएर तयार पारिएको पानी पनि सेवन गर्छन् । हरेकको आ–आफ्नै स्वास्थ्य लाभ छन् । एउटा चर्चित पेय चाहिँ जिरा पानी पनि हो ।

रातभर जिरालाई पानीमा भिजाएर बन्ने पानी नै जिरा पानी हो । यो पानीले पाचनलाई त राम्रो बनाउँछ नै तौल घटाउन पनि त्यत्तिकै उपयोगी छ । जिरामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मेटाबोलिजम बढाउन मद्दत गर्छ, पाचन सुधार्छ अनि पेट डुम्म फुल्ने समस्या पनि कम गर्छ । हरेक बिहान जिरा पानीको सेवन दिनको सुरुआत गर्ने राम्रो तरिका हो । आजको यस लेखमा हामीहरू जिरा पानी पिउँदाको फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

  • पाचनमा सुधार:

जिरामा पाचनका लागि अत्यावश्यक इन्जाइम स्टिमुलेट गर्ने यौगिक हुन्छ । बिहान जिरा पानी सेवन गर्दा पाचन राम्रो हुन्छ अनि अपच हुने, पेट फुल्ने र कब्जियत लगायत समस्याहरू रोक्न सकिन्छ ।

  • मेटाबोलिजम बढाउँछ:

जिराको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले मेटाबोलिजम बढाउँछ । दिनहुँ जिरा पानीको सेवनले क्यालोरी बर्न गर्न सघाउँछ अनि तौल व्यवस्थापनमा पनि सहयोग मिल्छ ।

  • पेट फुल्ने समस्या हटाउँछ:

जिरा पानीमा पेटमा ग्यास जम्मा हुने अनि पेट फुल्ने समस्या कम गर्ने कार्मिनेटिभ तत्त्वहरू हुन्छ । यसले पाचन इन्जाइमको उत्पादन बढाएर ग्यास्ट्रोइन्टेष्टाइनल ट्र्याक्टमा ग्यास बन्न दिँदैन ।

  • तौल घटाउन सहयोगी:

जिरा पानीमा मेटाबोलिजम बढाउने तत्त्वहरू हुन्छ । एका बिहानै जिरा पानीको सेवनले मेटाबोलिजम बढाउँछ, दिनभर नै प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न सघाउँछ ।  जिरा पानीले भोक कम गराउँछ, लामो समयसम्म पेट भरिएको महसुस गराउँछ अनि के खाउँ के खाउँ हुन दिँदैन अनि तौल घटाउन मद्दत गर्छ ।

  • डिटक्सिफिकेसन

जिरा पानी प्राकृतिक डिटक्सीफायर हो । यसले शरीरमा भएका टक्सिनहरूलाई शरीरबाट निकाल्ने मद्दत गर्छ । यसले कलेजोलाई बाइल उत्पादन गर्न प्रेरित गर्छ । यसले फ्याटहरू टुक्राउन र शरीरबाट फोहोर निकाल्न मद्दत गर्छ ।

  • प्रतिरक्षामा सुधार:

जिराको दानाहरूमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल तत्त्वहरू पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । जिरा पानीको दिनहुँ सेवनले सङ्क्रमण, चिसो र अन्य बिरामीविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

  • रगतमा चिनीको मात्रा नियमन गर्छ:

जिराले इन्सुलिन संवेदनशीलता र ग्लुकोजको अवशोषणलाई सुधारेर रगतमा चिनीको मात्रा नियमन गर्न मद्दत गर्छ । बिहान जिरा पानीको सेवन गर्दा दिनभर नै शरीरमा चिनीको मात्रा स्थिर राख्न मद्दत मिल्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप