राजनीति
प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप
मङ्गलबार, २९ फागुन २०८०, १४ : ००
काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा उपप्रधासहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण