पाँच दलबिच लिखित सहमति भइसक्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।
‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए’, बैठकबारे सञ्चारकर्मीलाई माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने ।
साथै उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको दाबी गरे । ‘यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको हो । विशेष त अहिलेको मुख्य कार्यभार सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्याउने कार्यभार हुन्’, उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यसले त्यति धेरै तीव्रता लिन सकेन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’
उनले राष्ट्रिय कार्यभार पुरा गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहने बताए । यस्तै पाँच दलबिच लिखित सहमति भइसकेकाले समस्या नभएको उनले बताए । अहिलेको सहकार्य चार दलमात्र नभई पाँच दलबिच सम्झौता लिखतमा हस्ताक्षर भइसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण