अर्थ मन्त्रालयमा वर्षमान आएपछि निरन्तर बढ्दै सेयर बजार
काठमाडौँ । अर्थ मन्त्रीकारुपमा वर्षमान पुन आएपछि निरन्तररुपमा सेयर बजारमा वृद्धि भइरहेको छ । पुनले अर्थ मन्त्रालयको जिम्मेवारी यही फागुन २३ गते सम्हालेका थिए ।
पुन २३ गते ढिलागरी शपथ लिएर अर्थ मन्त्रालयको कार्यभार सम्हाल्न रातको ८ बजेट सिंहदरबार पुगेका थिए ।
त्यसयता सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत सत्ताबाट हट्ने सूचना बाहिरिएपछि फागुन २१ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्किट नै लागेर बन्द भयो । सो दिन परिसूचक ११७ अंकले बढेर बन्द भएको थियो ।
त्यसपछि, फागुन २२ गते करेक्सन हुँदै नेप्सेमा ७० अंकको गिरावट आएको थियो । त्यसयता भने निरन्तररुपमा परिसूचक बढ्दै आएको छ । फागुन २३ गते ९ अंकले बढेको परिसूचक फागुन २४ गते १३ अंकले बढेको थियो । फागुन २३ गते अबेर अर्थ मन्त्रालयको कार्यभर सम्हालेका पुनलाई २४ गते सेयर बजारले स्वागत गरेको लगानीकर्ताहरु बताउँछन् ।
फागुन २५ र २६ शुक्रबार र शनिबार परेकाले कारोबार भएन । आइतबार अर्थात् फागुन २८ गते २२ अंकले बढेको सेयर बजार आज ५८ अंकले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
-
सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त