अर्थ मन्त्रालयमा वर्षमान आएपछि निरन्तर बढ्दै सेयर बजार
काठमाडौँ । अर्थ मन्त्रीकारुपमा वर्षमान पुन आएपछि निरन्तररुपमा सेयर बजारमा वृद्धि भइरहेको छ । पुनले अर्थ मन्त्रालयको जिम्मेवारी यही फागुन २३ गते सम्हालेका थिए ।
पुन २३ गते ढिलागरी शपथ लिएर अर्थ मन्त्रालयको कार्यभार सम्हाल्न रातको ८ बजेट सिंहदरबार पुगेका थिए ।
त्यसयता सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत सत्ताबाट हट्ने सूचना बाहिरिएपछि फागुन २१ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्किट नै लागेर बन्द भयो । सो दिन परिसूचक ११७ अंकले बढेर बन्द भएको थियो ।
त्यसपछि, फागुन २२ गते करेक्सन हुँदै नेप्सेमा ७० अंकको गिरावट आएको थियो । त्यसयता भने निरन्तररुपमा परिसूचक बढ्दै आएको छ । फागुन २३ गते ९ अंकले बढेको परिसूचक फागुन २४ गते १३ अंकले बढेको थियो । फागुन २३ गते अबेर अर्थ मन्त्रालयको कार्यभर सम्हालेका पुनलाई २४ गते सेयर बजारले स्वागत गरेको लगानीकर्ताहरु बताउँछन् ।
फागुन २५ र २६ शुक्रबार र शनिबार परेकाले कारोबार भएन । आइतबार अर्थात् फागुन २८ गते २२ अंकले बढेको सेयर बजार आज ५८ अंकले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण