प्रधानमन्त्रीको तारिफ गर्दै ओलीले भने– उहाँको कदम सकारात्मक छ, विश्वासको मत दिनू
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले पुरानो गठबन्धन फेरेर नयाँ समीकरण बनाएर समाजवादको पक्षमा निर्णय लिएको भन्दै अव यो सरकारलाई जोगाएर अघि बढ्नुको विकल्प नभएको बताए ।
‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रूपमा गर्दा हुन्छ । नबुझीकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ’, उनले भने । ओलीले भोलि प्रधानमन्त्रीले प्रतिनिधि सभामार्फत विश्वासको मत लिने भएकाले सवै सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन समेत दिए ।
‘प्रधानमन्त्रीले फरक ढंगले कदम चाल्नुभएको छ । त्यस कदमलाई इतिहास तिरमात्रै हेरेर हुँदैन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ’, ओलीले प्रचण्डको तारिफ गर्दै भने, ‘प्रधानमन्त्रीको पुरानो गठबन्धन त्याग्ने र नयाँ देशभक्त, प्रगतिशिल र समाजवाद उन्मुख जनमुखी भएर नयाँ समीकरण निर्माण गर्ने पहल स्वागतयोग्य छ ।’
अध्यक्ष ओलीले भोली यदि प्रधानमन्त्रीले विश्वासको मतका लागि गर्ने प्रस्ताव असफल भए संयुक्त सरकारको च्याप्टर क्लोज हुनेतर्फ सांसदहरूलाई सचेत गराए ।
‘त्यो असफल हुनेबित्तिकै राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको, अयोग्य र स्वाभिमानहीन बन्छ । त्यस्तो सरकार बन्न दिनुहुँदैन । त्यस परिस्थितिबाट देशलाई जोगाउनुपर्छ’, ओलीको भनाइ छ ।
‘तसर्थ दिल खोलेर, विना हिचकिचाहट हामी विश्वासको मत दिन्छौ’, अध्यक्ष ओलीले सम्पूर्ण सदस्यलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमाथि विश्वास छ भन्ने पक्षमा मतदान गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण