बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय दलको बैठक

ओलीले भने– नयाँ सरकार बनाएको जस हामीलाई दिनोस्

मङ्गलबार, २९ फागुन २०८०, १६ : २०
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण आफैँले बनाएको दाबी गरेका छन् । गठबन्धन फेरबदलमा चीनको भूमिका रहेको कुरा नगर्न उनले बताएका हुन् । 

‘यो सत्ता समीकरण हामीले बनाएको हो चीनले बनायो रे । के गर्‍यो रे । यस्ता खालका कुरा नगरे हुन्छ । यो  गठबन्धन हामीले बनाएको हो । यति जस त कमसे कम दिनोस् । यति मेहनत गरेर बनाइएको छ’, मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने । 

नयाँ गठबन्धनको सरकारले आशावादी जगाउने गरेको उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप