देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न नसकेकाले सरकार परिवर्तन गर्यौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको दाबी गरेका छन् । मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा जान हतार नभएर गठबन्धन नभत्काएको दाबी गरेका हुन् ।
‘गठबन्धन नफेरेकाले प्राप्त उपलब्धीहरूलाई समाप्त पार्ने क्रियाकलाप भए । त्यसको विभत्सरुप गएको सरकारमा देखियो । त्यसैकारण अहिलेको सरकार बनाएको हो । हामीले सरकारमा जाने हतारोमा भएको होइन । यसअघि यसै ठाउँमा बसेर मैले भनेको थिएँ, हामीलाई सरकारमा जाने कुनै हतारो छैन । तर देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न सकिएन । बाँकी चार वर्ष यसै गरी चल्न दिने मैले त्यतिबेलै दिइँदैन भनेको थिएँ । यो गठबन्धन खरानीको डल्लो हो, त्यो गठबन्धन भत्किन्छ । सुख्खा भएपनि फुट्छ भिज्यो भनेपनि फुट्ट । गठबन्धनमा हुने वालाहरुको उन्माद थियो । त्यही उन्माद अहिले सकिएको हो’, उनले भने ।
यस्तै ओलीले एमालेका कार्यक्षमातासँग त्रसित तत्वहरूले यी कुराहरू भन्न नचाहने हुँदा गलत व्याख्या गरिरहेको बताए ।
‘देश असहज स्थितिमा पुग्यो । राष्ट्रको सम्प्रभुता, सार्वभौम सत्ता कमजोर भयो । हाम्रो स्वाधीनता हाम्रो स्वतन्त्रता कमजोर भयो । उपयोग गर्नै नसक्ने खालको भयो । हामीले मित्रता गर्न खोज्दा खोज्दै आनीबानी बिग्रेला भन्ने डर, कमजोर भएर लत्रिने, सहने बोल्न नसक्ने कुराहरुले मित्रहरूको पनि आनीबानी बिग्रेला भन्ने डर भयो’, ओलीले भने, ‘विकास सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण यी सबै कुरा असम्भव जस्तै भयो । जनतालाई दिनुपर्ने सेवा सुविधा जे सरकारले उपलब्ध गराउनुपर्छ । त्यो कुरा भएन । जनता अलपत्र परे । जनताले न्याय पाएन । आरती साहकी आमा अहिले पनि तड्पिएर धर्नामा छन् । राज्य जवाफ दिँदैन । यस्तो स्थितिमा पुगेको देशलाई सरकार परिवर्तन हुने बित्तिकै कति जनताले राहत पाएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण