चैत ३ गतेदेखि प्रथम जीतपुर सिमरा क्रिकेट कप हुने
बारा । आगामी चैत्र ३ गतेदेखि प्रथम जीतपुर सिमरा क्रिकेट कप २०८० सुरु हुने भएको छ ।
जीतपुर सिमरा उपमहानगर वडा नं ४ औराहास्थित विशेष आर्थिक क्षेत्र सेजको खाली चौरमा सो प्रतियोगिता हुन लागिएको हो ।
चैत ३ देखि १० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लबसहित बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीका ६ वटा टिमको सहभागिता रहने सोमलाल बम्जनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् भने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले संस्था अभियान नेपालले जनाएको छ ।
दक्ष खेलाडी उत्पादन गर्न र उपमहानगरभित्र क्रिकेट गतिविधिलाई निरन्तरता दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जीतपुर सिमरा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले बताए ।
सो क्रिकेट प्रतियोगिताको लागि उपमहानगरले १५ लाख रुपैयाँ र अन्य सहयोगी संघसंस्थाहरुबाट १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण