खेल प्रतियोगिताको मिति निर्धारण गर्न सदस्य–सचिव घिसिङको निर्देशन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई कार्यक्रम (प्रतियोगितालगायत) को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् ।
विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आवमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।
बैठकमा सदस्य–सचिव घिसिङले संघको पेस्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण