सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीले जमिन खाली गर्न अटेर गरेपछि नगरप्रमुख एक्सनमा, हङकङ बजारमा डोजर चल्दै

बुधबार, ३० फागुन २०८०, ०९ : ४८
बुधबार, ३० फागुन २०८०

सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाउने भएकी हुन् । 

त्यसका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको छ । ११ बजेतिर उक्त क्षेत्रमा डोजर लिएर जाने र संरचना भत्काउने तयारी भइरहेको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले रातोपाटीलाई जानकारी दिए । 

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो । 

नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन् । पटक–पटक आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् । नगरले डोजर चलाएको खण्डमा उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् ।

५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप