काठमाडौँ महानगरपालिका वडा नं. ३ को वर्तमान अवस्था र सेवाग्राहीका सुझाव

काठमाडौँ । रातोपाटीको नियमित स्तम्भ स्थानीय सवाल अन्तर्गत आजको शृङ्खलामा हामी काठमाडौँ वडा नं. ३ मा पुगेका छौँ । स्थानीय तहले प्रवाह गरिरहेका सेवा, सेवाग्राहीका प्रतिक्रिया, गुनासा र प्रतिक्रियाका आधारमा कर्मचारी र जनप्रतिनिधिलाई जिम्मेवार बनाउने प्रयास कार्यक्रम ‘स्थानीय सवाल’ले गरिरहेको छ ।
यस शृङ्खलामा हामीले काठमाडौँ वडा नं. ३ को कार्यालय महाराजगन्ज पुगेर त्यहाँका स्थानीयका गुनासाहरू समेटेका छौँ । विशेष गरेर विकास निर्माणका विषयमा असन्तुष्ट स्थानीयले वडा नं. ३ मा रहेको सडक तथा अन्य विकास निर्माणका विषयमा समेत चासो र गुनासो राखेका छन् । बढ्दो डिजिटल प्रविधिको प्रयोगमा हुने सर्भर डाउनका कारण पनि सेवाग्राही मारमा परिरहेको कर्मचारीहरूकै गुनासो रहेको छ ।
अर्कातर्फ वडा वासीका समस्यामै केन्द्रित भएर काम गर्दै आए पनि नेपाल विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले आफ्नो काम विस्तार गर्दा वडा अध्यक्षसहित स्थानीय सरकारले गाली खानु परिरहेको वडा अध्यक्ष प्रेम थापाको गुनासो रहेको छ । अबका लागि यसै सन्दर्भमा तयार कार्यक्रम ‘स्थानीय सवाल’ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला