प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राउतले विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताएका हुन् ।
उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको जिकिर गरे । उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ । अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन । किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ । जनताले यसबाट के पायो ।’
अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरूलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहारमा बीभत्स हत्या गर्ने व्यक्तिहरूसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरूलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण