प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राउतले विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताएका हुन् ।
उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको जिकिर गरे । उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ । अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन । किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ । जनताले यसबाट के पायो ।’
अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरूलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहारमा बीभत्स हत्या गर्ने व्यक्तिहरूसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरूलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित