संसद् बैठक
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत (भिडियो सहित)
बुधबार, ३० फागुन २०८०, १५ : ४५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् ।
मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे ।
कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख