आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड

बुधबार, ३० फागुन २०८०, १५ : ५२
बुधबार, ३० फागुन २०८०

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ । काठमाडौँ आयोजित नेपाल नगरपालिका संघको ३१ औँ स्थापना दिवसको अवसरमा आव २०७९–०८० मा ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट काम गरेकोमा अवार्ड पाएको हो  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । 

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको कारणले बुटवलले अवार्ड पाएको नगर प्रमुख पाण्डेयले  बताए ।

बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको उनले बताए । देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप