सल्यानको शारदा नगरपालिकाका तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
मृत्यु भएको व्यक्तिको नाममा वडाध्यक्षले बुझे ५१ हजार वृद्धभत्ता
बुधबार, ३० फागुन २०८०, १६ : २९
काठमाडौँ । मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्यानस्थित शारदा नगरपालिका– ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । थापाले अस्तित्वमा नभएको व्यक्तिलाई आफ्नो आमा नाता जनाएर ५१ हजार वृद्ध भत्ता वितरण गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी अनुसार अनुसन्धान गर्दा थापाले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र २०७६/०७७ को प्रथम किस्ता गरी ५१ हजार रुपैयाँ नामा नाता लगाएर आफैँ बुझिलिएको फेला परेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजायको माग दावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण