आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १६ स्थानमा आगलागी, ९ स्थानमा डढेलो

बुधबार, ३० फागुन २०८०, १६ : ३९
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा गएको २४ घण्टामा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलोको घटना भएको छ । घटनामा मानवीय क्षति भने हुन नपाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार बाजुरा, भोजपुर, पाँचथर, धनकुटा, गोरखा, झापा, सप्तरी, तेह्रथुम, सिराहा, भक्तपुर, मकवानपुर, धनुषा, धादिङ, पाल्पा र इलामका विभिन्न स्थानमा आगलागीका घटना भएका थिए । 

त्यस्तै पर्वत, कास्की, रामेछाप, तेह्रथुम, सोलुखुम्बु, गुल्मी, धनुषा, धनकुटा र खोटाङका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको थियो । आगलागी र डढेलोबाट अनुमानित ५९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको जानकारी प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप