२४ घण्टामा १६ स्थानमा आगलागी, ९ स्थानमा डढेलो
काठमाडौँ । देशका विभिन्न स्थानमा गएको २४ घण्टामा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलोको घटना भएको छ । घटनामा मानवीय क्षति भने हुन नपाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाजुरा, भोजपुर, पाँचथर, धनकुटा, गोरखा, झापा, सप्तरी, तेह्रथुम, सिराहा, भक्तपुर, मकवानपुर, धनुषा, धादिङ, पाल्पा र इलामका विभिन्न स्थानमा आगलागीका घटना भएका थिए ।
त्यस्तै पर्वत, कास्की, रामेछाप, तेह्रथुम, सोलुखुम्बु, गुल्मी, धनुषा, धनकुटा र खोटाङका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको थियो । आगलागी र डढेलोबाट अनुमानित ५९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको जानकारी प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण