सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

बुधबार, ३० फागुन २०८०, १८ : २३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट  शपथ ग्रहण गरेका हुन् । 

मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । 

Scan_20240313 (3)

यसअघि बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप