शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीको प्रश्न–के यो देशमा सरकार छ ?

बिहीबार, ०१ चैत २०८०, १२ : ०४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका छन् । उनले नेपालमा सरकार भए रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध किन गर्नुपर्‍यो भनेर प्रश्न गरेका हुन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्‍यो भनेर माग गरिरहनुभएको छ’, शाहीले भने, ‘के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ?  कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’ 

उनले रसियामा रहेका गोरखाका एक नेपालीको अवस्थाबारे चर्चा गर्दै गोरखाबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तर आफ्नै निर्वाचन क्षेत्रका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका सबै जनताको उद्धार गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप