६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की
अबुजा । गएको बिहीबार नाइजेरियामा २८७ जना विद्यार्थीहरू अपहरण गरेका अपहरणकारीहरूले ६ लाख २२ हजार डलर (१ र्ब नायरा) फिरौती मागेका छन् । आफ्नो माग पूरा नभए अपहरणमा परेका सबै केटाकेटीलाई मारिदिने धम्की दिइएको छ । बुधबार स्थानीय कुरिगा समुदायका एक व्यक्तिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
अपहरणकारीहरूले मंगलबार मध्याहन्न सवा ६ बजेतिर फोन गरेर १ अर्ब नायरा फिरौती मागेको बताइएको छ । फिरौतीका लागि अपहरण भएको तीन हप्ता वा २० दिनको समय दिइएको बताइएको छ । सरकारले कुनै पहल गरेन भने अपहरणकारीहरूले सबै बालबालिकालाई मार्ने धम्की दिएको बताइएको छ । बालबालिकाहरू मार्च ७ मा अपहरणमा परेका थिए ।
आफ्ना समूहको सदस्य मारेको बदलामा अपहरण गरिएको अपहरणकारी समूहले बताएको छ । गएको हप्ता बिहीबार मोटरसाइकलमा आएका सशस्त्र समूहले स्थानीय एलईए प्राइमरी र माध्यमिक विद्यालयका बिहान ३०० भन्दा धेरै विद्यर्थीहरुलाई बन्दी बनाएका थिए । तीमध्ये केहीको उद्धार गरिएको भएपनि २८७ जना अझै अपहरणकारीकै पञ्जामा छन् ।
अपहरणमा परेकामध्ये १०० जना जति बालबालिका प्राथमिक विद्यालयका विद्यार्थी हुन् । बाँकी भने माध्यमिक विद्यालयका भएको बताइएको छ । बालबालिकाहरूलाई सुरक्षित रुपमा फर्काउन आफ्नो सरकारले सम्भव भएसम्मको सबै प्रयास गरिरहेको कादुना राज्यका गभर्नर उबा सानीले बताएका छन् । यो राज्य नाइजेरियाको राजधानी आबुजाको दक्षिणपश्चिम सीमामा रहेको छ ।
पछिल्लो समय यहाँ अपहरण गर्ने र फिरौती माग्ने घटनाहरु बढेका छन् । सन् २०२१ मा निजी माध्यमिक विद्यालयबाट हतियार धारी पुरुषहरुले झन्डै १४० जना विद्यार्थीलाई कब्जामा लिएका थिए । बन्दुकधारीहरूले एउटा निजी विश्वविद्यालयबाट २० जना विद्यार्थीलाई बन्दी बनाएको केही महिनाभित्रै यो घटना घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण