शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटको महावैमा नुनको डिपो स्थापना

बिहीबार, ०१ चैत २०८०, १५ : २१
बिहीबार, ०१ चैत २०८०

कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन  गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।

महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका अध्यक्षखेमबहादुर सिंहले बताए । “एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको छ । यसका लागि स्थानीयले रु एक हजारदेखि रु दुई हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ”, उनले भने । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । 

उनले भने, “आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको हो ।”

हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप