सांसद् शाहीको प्रश्न– सार्वजनिक ऋणको आकार बढ्दैछ तर किन विकासको दर घट्दैछ ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम् प्रतिनिधिसभाका सांसद् ज्ञानबहादुर शाहीले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको दर घट्दै गरेको भन्दै सरकारलाई प्रश्न राखेका छन् ।
बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बेल्दै सांसद् शाहीले साे प्रश्न राखेका हुन्
उनले केही वर्ष अघिसम्म २ खर्ब हाराहारी रहेको सार्वजनिक ऋणको आकार पछिल्लो समय झन्डै २४ खर्ब रुपैयाँ पुगेको बताउँदै एक नेपालीको टाउकामा ८० हजार रुपैयाँ बराबरको ऋणको प्रगति के हो ? भनेर प्रश्न गरे ।
खासगरी बजेटको ठुलो हिस्सा नियमित खर्चमा नै सकिने गरेको भन्दै सांसद् शाहीले आगामी आर्थिक वर्षको बजेट पुँजीगततर्फ केन्द्रित हुनुपर्ने बताए ।
बजेटको सिद्धान्त तथा प्राथमिकता नै गलत हुने गरेकाले बजेट कार्यान्वयन र सो प्रभाकारिता प्राप्तिमा देखिन नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण