शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सांसद् शाहीको प्रश्न– सार्वजनिक ऋणको आकार बढ्दैछ तर किन विकासको दर घट्दैछ ?

बिहीबार, ०१ चैत २०८०, १६ : ३६
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम् प्रतिनिधिसभाका सांसद् ज्ञानबहादुर शाहीले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको दर घट्दै गरेको भन्दै सरकारलाई प्रश्न राखेका छन् ।

बिहीबारदेखि संसद्‌मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बेल्दै सांसद् शाहीले साे प्रश्न राखेका हुन्

उनले केही वर्ष अघिसम्म २ खर्ब हाराहारी रहेको सार्वजनिक ऋणको आकार पछिल्लो समय झन्डै २४ खर्ब रुपैयाँ पुगेको बताउँदै एक नेपालीको टाउकामा ८० हजार रुपैयाँ बराबरको ऋणको प्रगति के हो ? भनेर प्रश्न गरे । 

खासगरी बजेटको ठुलो हिस्सा नियमित खर्चमा नै सकिने गरेको भन्दै सांसद् शाहीले आगामी आर्थिक वर्षको बजेट पुँजीगततर्फ केन्द्रित हुनुपर्ने बताए । 

बजेटको सिद्धान्त तथा प्राथमिकता नै गलत हुने गरेकाले बजेट कार्यान्वयन र सो प्रभाकारिता प्राप्तिमा देखिन नसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप