शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिङ्गटी हाइड्रो इनर्जीको हकप्रद शेयरको बाँडफाँट

शुक्रबार, ०२ चैत २०८०, १० : ३५
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट सम्पन्न गरिएको छ । 

कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर एक सय रुपैयाँ  अङ्कित दरको १ करोड ४५ लाख  कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । 

जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर फागुन ३० मा बाँडफाँट गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप