पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला
शुक्रबार, ०२ चैत २०८०, १४ : ४५
काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए ।
बिहिबार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक थापा रिलायन्स एकेडेमीमा पढ्थिन् । कपनस्थित बालुवाखानीमा बस्ने सुस्मिताको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी कपनस्थित बालुवाखानीमा बस्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण