मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खराब मनसाय नराखी काम गर्नेलाई सरकारले पूर्णरुपमा सहयोग गर्छ : अर्थमन्त्री पुन

शुक्रबार, ०२ चैत २०८०, १९ : ०९
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले खराब मनसाय नराखी काम गर्ने जो कोहीलाई सरकारले सहयोग गर्ने बताएका छन् । शुक्रबार शुभकामनासहित बधाई दिन आएका विकास बैंकर्स संघ (डीबान) का पदाधिकारीहरूलाई अर्थमन्त्री पुनले ढुंक भएर बैंकिङ कारोबार गर्न आग्रह गर्दै यस्तो बताएका हुन् । 

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्न बैंकर्सलाई सुझाव दिए । 

विकास बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा संघका पदाधिकारीहरूले अर्थमन्त्री पुनलाई भेट गरेका हुन् । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्‍याएको योगदानको बारेमा जानकारी गराउँदै पछिल्लो समय बिग्रिएको परिस्थिति बैंकहरुमाथिको हमालाको बारेमा अर्थमन्त्री समक्ष गुनासो राखेका थिए । 

उक्त भेटघाटमा अर्थमन्त्री पुनले आफूले परिस्थितिलाई नजिकबाट हेरिरहेको र सकारात्मक परिवर्तनका लागि पहल गर्ने आश्वासन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप