खराब मनसाय नराखी काम गर्नेलाई सरकारले पूर्णरुपमा सहयोग गर्छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले खराब मनसाय नराखी काम गर्ने जो कोहीलाई सरकारले सहयोग गर्ने बताएका छन् । शुक्रबार शुभकामनासहित बधाई दिन आएका विकास बैंकर्स संघ (डीबान) का पदाधिकारीहरूलाई अर्थमन्त्री पुनले ढुंक भएर बैंकिङ कारोबार गर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।
भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्न बैंकर्सलाई सुझाव दिए ।
विकास बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा संघका पदाधिकारीहरूले अर्थमन्त्री पुनलाई भेट गरेका हुन् । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्याएको योगदानको बारेमा जानकारी गराउँदै पछिल्लो समय बिग्रिएको परिस्थिति बैंकहरुमाथिको हमालाको बारेमा अर्थमन्त्री समक्ष गुनासो राखेका थिए ।
उक्त भेटघाटमा अर्थमन्त्री पुनले आफूले परिस्थितिलाई नजिकबाट हेरिरहेको र सकारात्मक परिवर्तनका लागि पहल गर्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण