शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यो देश सबै नेपालीका लागि बनाउने अभियानमा छौँ : राजेन्द्र महतो

शुक्रबार, ०२ चैत २०८०, २१ : १६
शुक्रबार, ०२ चैत २०८०

बुटवल । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले यो देश सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरू रहेको दाबी गरेका छन् । उनले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको संवाद कार्यक्रम नेता महतोले यस्तो बताएका हुन् । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले शासन र संविधान मुलुकको समृद्धि, जनताको अधिकार र पहिचानका लागि हुनुपर्ने बताए । उनले  यो देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भएको आरोप लगाए। 

शासन र संविधान जनताका लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुल राष्ट्रिय राज्य स्थापनाबाहेक अरू कुनै उपाय नरहेको महतोले दाबी गरे । उनले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको समेत बताए ।

उनले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त गर्न नसक्ने बताए । उनले भने, ‘एकल चिन्तन र सोच राख्ने सरकारले त्यो शक्तिलाई परास्त गर्दैन र त्यो शक्तिले जित्छ । अब देशका जनताले जित्छन् । नेपाल सबै नेपालीका लागि बनाउनुपर्छ ।’ 

पूर्व कृषि राज्य मन्त्री तथा अभियानका नेता ओमप्रकाश (गुल्जारी) ले राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मधेशको मात्र नभइ सबैका लागि आवाज उठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप