यो देश सबै नेपालीका लागि बनाउने अभियानमा छौँ : राजेन्द्र महतो
बुटवल । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले यो देश सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरू रहेको दाबी गरेका छन् । उनले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको संवाद कार्यक्रम नेता महतोले यस्तो बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले शासन र संविधान मुलुकको समृद्धि, जनताको अधिकार र पहिचानका लागि हुनुपर्ने बताए । उनले यो देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भएको आरोप लगाए।
शासन र संविधान जनताका लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुल राष्ट्रिय राज्य स्थापनाबाहेक अरू कुनै उपाय नरहेको महतोले दाबी गरे । उनले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको समेत बताए ।
उनले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त गर्न नसक्ने बताए । उनले भने, ‘एकल चिन्तन र सोच राख्ने सरकारले त्यो शक्तिलाई परास्त गर्दैन र त्यो शक्तिले जित्छ । अब देशका जनताले जित्छन् । नेपाल सबै नेपालीका लागि बनाउनुपर्छ ।’
पूर्व कृषि राज्य मन्त्री तथा अभियानका नेता ओमप्रकाश (गुल्जारी) ले राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मधेशको मात्र नभइ सबैका लागि आवाज उठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण